अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

ओलीको देउवालाई आग्रह, ‘हामीले मिलेर संघर्ष गरेका थियौँ, अब पनि मिल्नुपर्छ’

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:०९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै राजनीतिक सहयात्रा अझ बलियो बनाउनु पर्ने बताउनुभएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कांग्रेसले सानेपास्थित आफ्नो मुख्यालयमा आइतबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सभापति देउवा र नेता रामचन्द्र पौडेल आफ्ना पुराना मित्र भएको, मिलेर संघर्ष गरेको र अब पनि त्यस्तो संघर्ष र सहयात्राको जरुरी रहेको बताउनुभएको हो ।

ओलीले देउवासँगै आफूले पनि जेलको कष्टकर जीवन बताएको र त्यसको उपलब्धी पनि गतिलै आएको भन्दै देउवाको प्रशंसा गर्नुभयो । चियापान कार्यक्रममा प्रधामन्त्री ओलीसँगै नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि सामेल हुनुभएको थियो भने कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले आफ्नो पार्टीभित्र बलियो बनेको गुटगत राजनीतिको अन्त्य गर्दै मुलुकको विकासका लागि अघि बढ्नुको विकल्प नभएकोमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू