अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

‘नेपाल लोक स्टार’ बाट पविन्द्र सुनार बाहिरिए, बाँकी चार फाइनलिष्ट

बिआरटीनेपाल २०७६ असोज २५ गते ९:२० मा प्रकाशित

मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’बाट पविन्द्र सुनार बाहिरिएका छन् । उनी बाहिरिएसँगै ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धी बाँकी रहेका छन् । रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन् । ३२औं श्रृंखला प्रशारण हुँदा चार उत्कृष्ट फाइनलिष्ट तयार भएका हुन् ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो । ‘नेपाल लोक स्टार’का अनुसार अब आज (शनिबार दिउँसो १२ बजेबाट कात्तिक ८ गतेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् ।

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया