अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

नायिका रेखा थापाको ‘मालिका’ युट्युवमा रिलिज

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:२४ मा प्रकाशित

नेपाली चलचित्रकी नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज भएको छ । ‘मालिका’अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतार्नुभएको छ ।

रेखा थापाको अभिनय र निर्देशन रहेको चलचित्रमा कमला वलिको मुख्य भूमिका देखिन्छ । यो वर्षको दसैं र तिहारको शुभकामना स्वरुप रेखा थापाले यो चलचित्र युट्युव रिलिज गरेको बताउनुभएको छ ।

प्रतिक्रिया