अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

नेपाल–चीन सम्बन्ध उचाइमा पुर्याईने– डा. राजन भट्टराई

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:३९ मा प्रकाशित

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणले दुई मुलुकबीचको विश्वासको वातावरणलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सीको नेपालको राजकीय भ्रमण आगामी शनिबार र आइतबार हुँदैछ । यही विषयमा केन्द्रित भएर बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको राजकीय भ्रमणमा रेल सेवा विस्तार, सडक विस्तार, विद्युतीय लाइन विस्तारलगायतका कनेक्टिभिटीको क्षेत्र नयाँ आयाम थपिने बताउनुभयो । उहाँले राष्ट्रपति सी र प्रधानमन्त्री केपी ओलीबीच हुने उच्चस्तरीय भेटवार्ताबाट दुई मुलुकबीचको समस्यारहित सम्बन्धले फड्को मार्ने बताउनुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले मुलुकको आर्थिक समृद्धि र विकासको अवधारणालाई अघि बढाउन पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यको क्षेत्रमा हुँदै आएको सहयोगमा पनि भारी वृद्धि हुने उहाँको विश्वास छ ।

Dr Rajan Bhattarai

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू