अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

देशः विदेशमा दसैंको टिका लगाउने उत्तम साइत कुन ?

बिआरटीनेपाल २०७६ असोज २० गते २०:३८ मा प्रकाशित

संसारभर छरिएर बसेका नेपालीलाई कति बेला टिका लगाउने अलमल हुनसक्छ। नेपालमा रात पर्दा सम्वन्धित देशमा उज्यालो हुने र नेपालमा उज्यालो हुँदा त्यहा रात पर्ने देशहरू पनि छन्। यस्तो अवस्थामा स्थानीय समयअनुसार टीकाको साइत अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले निकालेको छ।

अंगे्रजी मितिअनुसार नेपालमा अक्टोबर आठमा विहान १० बजेर ३५ मिनेट उत्तम साइत भनेको छ। त्यस्तै भारतमा आठ अक्टोबरको विहान १० बजेर १९ मिनेटको समय उत्तम भनेको छ।

त्यस्तै अमेरिकाको न्यूयोर्कमा सात अक्टोबरमा विहान ११ बजेर २१ मिनेटमा उत्तम साइत भनेको छ। त्यस्तै अष्ट्रेलियाको सिड्नीमा आठ अक्टोबर विहान आठ बजेर २१ मिनेटमा टिका लगाउने उत्तम साइत छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू