अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

चितवनमा गैंडाको आक्रमणबाट १ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ असोज २० गते ०:१५ मा प्रकाशित

चितवनमा गँंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैंडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो ।

रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो खोज्न गएका कुमाललाई गैंडाले आक्रमण गरेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू