अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५४ | Colorodo: 12:09

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन

बिआरटीनेपाल २०७६ असोज १९ गते ४:५१ मा प्रकाशित

वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको कलेजोमा देखिएको खराबीका कारण आज (आइतबार) ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट अवकाशप्राप्त उहाँ हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो ।

उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पत्रकारिता अध्यापन, पुस्तक लेखनमा समेत क्रियाशील आचार्यको ‘चिन्तन मनन’ टेलिभिजन कार्यक्रम लोकप्रिय थियो । उहाँका श्रीमती, एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू