अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ

बिआरटीनेपाल २०७६ असोज १८ गते ९:५४ मा प्रकाशित

नेपाली सेनाले शनिबार काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । नेपाली सेनाको विशेष टोलीले टुँडिखेलमा फूलपाती बढाइँ गरेको हो ।

फूलपाती बढाइँ अवलोकन गर्न राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्री, उच्च सरकारी अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु टुँडिखेल पुगेका थिए ।

फूलपाती बढाइँ समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । यस्तै, बढाइँकाक्रममा नेपाली सेनाले विभिन्न कला, कवाज प्रस्तुत गरेको थियो । समारोहमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले श्री कालीभक्ति गण (इन्जिनियरिङ) र श्री ऋद्धिदल गणलाई निशान तथा श्री श्रीबक्स गुल्मलाई ‘प्रधानसेनापति व्यानर’ प्रदान गर्नुभएको थियो ।

नेपाली सेनाले हरेक वर्ष बडादसैंको सप्तमी अर्थात् फूलपातीको दिन बढाइँ गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू