अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

महरा र शाहीको सम्बन्धबारे छानबिन गर्न उच्चस्तरिय अनुगमन टोली गठन

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:११ मा प्रकाशित

तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच चर्चामा रहेको यौन दुव्र्यवहारको घटनामा भइरहेको छानबिनबारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोली गठन गरिएको जनाइएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा आज तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।’

प्रतिक्रिया