अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

६ बर्से गायिकाको स्वरमा बाल गीत “दसैँ आयो मेरो बाबा” सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज १३ गते ८:३३ मा प्रकाशित

काठमाडौँ : नेपालीहरूको महान् पर्व दसैँको उपलक्ष्यमा प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्दमा बाल गीत “दसैँ आयो मेरो बाबा” मा गुल्मीको अद्भुत कला भएकी मिठो स्वरकी धनी ६ बर्से बालिका रबिना बसेलले आफ्नो जादुमय आवाज भरेकी छिन । दशैको खुसीयालीमा बालबालिकाहरूको लागि भनेर रचिएको गीतलाई उनले आकर्षक ढङ्गले गाएकी छिन । यति सानो उमेरमा यस्तो विलक्षण प्रतिभाकी धनी बाल गायिकाको चौतर्फी प्रशंसा हुन थालेको छ ।

गायक तथा कम्पोजर राजन कार्कीको सङ्गीत तथा एरेन्ज रहेको छ भने भिडियोलाइ भाबसागर क्रियसन मार्फत नेपाली साङ्गीतिक बजारमा सार्वजनिक गरिएको छ ।

अमेरिका निवासी वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली साङ्गीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नयाँ नयाँ प्रतिभाहरूलाई नेपाली साङ्गीतिक आकाशमा स्थापित गराउने क्रममा अहिले फरक क्षमता भएकी ६ बर्से बालिकालाई उनले सांगितक क्षेत्रमा प्रस्तुत गरेकी छिन । भिडियो हेर्नुहोस्

प्रतिक्रिया