अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३८ | Colorodo: 01:53

महा नायक राजेश र नायिका करिष्माको अभिनय रहेको गीत सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७६ असोज १२ गते ९:५४ मा प्रकाशित

गायक सङ्गीतकार भीम चापागाईंको नयाँ गीत “चट्ट बसम” सार्वजनिक भएको छ । नेपाली गजल र सुगम सङ्गीतमा लामो समय बिताएका भीम चापागाईँले गायिका मेलिनासंगको युगल गायनमा डान्ससङ बिटको “चट्ट बसम” गीत भिडियो सहित सार्वजनिक गरेका हुन् ।

हाल अमेरिकाको टेक्ससमा रहँदै आएका गायक तथा सङ्गीतकार चापागाईँ केही वर्षको क्याप पछि यस गीत मार्फत पुन साङ्गीतिक क्षेत्रमा फर्केका छन् । शास्त्रीय सङ्गीतको पृष्ठभूमि बोकेका उनको यस गीतको गायकको पार्ट चापागाईं अमेरिकामा रहेकाले यही रेकर्ड गरिएको हो ।

दीपक शर्माको शब्द सङ्गीत तथा नरेन्द्र बियोकीको सङ्गीत संयोजन रहेको यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल जोडी महा नायक राजेश हमाल र नायिका कर्मनिष्ठ मानन्धरको अभिनय रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशन र रेडियोग्राफी रहेको यस गीतलाई उत्सव दाहालले छायाङ्कन गरेका हुन् भने सम्पादन अच्युत बजगाईँको रहेको छ । राजेश हमाल र करिष्मा मानन्धर अभिनीत एक समयको सफल चलचित्र साथीको चर्चित गीत “मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाईदेउन”को स्मरण गर्दै कलात्मक शैलीमा सुरु गरिएको यस गीतमा राजेश र करिष्माको नृत्य मौलिक पहिरन सहित देख्न सकिने छ ।

“चट्ट बसम” गीतका गायक भीम चापागाईँले यस गीतमा मौलिक शब्द सङ्गीत सहित भिडियोमा समेत नेपाली मौलिकतालाई प्रस्तुत गरिएकाले दर्शक श्रोताले गीत मनपराउनेमा आफू आशावादी रहेको बताउँदै अग्रज तथा नयाँ श्रोता दर्शकलाई गीतका बारेमा आफ्ना धारणा राखिदिन अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया