अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

दशैंका च्याङ्ग्रा पोखरा आईपुगे

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:४८ मा प्रकाशित

महान चाड दशैं नजिकिँदै गर्दा विभिन्न ठाउँबाट पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । दशैंको लागि काठमाडौं, चितवन र वुटवलसहित विभिन्न ठाउँमा लग्न हिमालपारिको जिल्ला मुस्ताङबाट ल्याईएको च्याङ्ग्रा पोखरा ल्याईएको हो ।

च्याङ्ग्रा व्यापारी हुलका हुल च्याङ्ग्राका साथ पोखराको हेमजा र आसपासका क्षेत्रमा झरिसकेका छन् । कतिपय पोखरा आउने क्रममा छन् । ढिलो ल्याउनेले पनि फूलपाती अघि नै पोखरामा च्याङ्ग्रा ल्याईसक्ने बताईएको छ । पोखरा र आसपासमा दशैंको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले राम्रो मान्ने मानिन्छ । अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैंमा भने च्याङ्ग्राकै मासु खाने चलन बढ्दै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू