अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

पूर्व प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको निधन

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:४५ मा प्रकाशित

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको निधन भएको छ। उहाको ८२ वर्षीय आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

तत्कालिन प्रधानन्यायधीशको हैसियतमा तीन सदस्यीय दरवार हत्याकाण्ड छानबिन समितिको संयोजकसमेत रहनुभएका दिवंगत उपाध्यायको आजै अन्त्येष्टि गरिएको छ। उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

उपाध्यायले वि. सं २०५६ पौष २ देखि २०५९ मंसिर १९ गतेसम्म सर्वोच्च अदालतको १३औँ प्रधानन्यायाधीशका रूपमा काम गर्नुभएको थियो । उहाँ २०४८ मा सर्वोच्चका न्यायाधीश बन्नुभएको थियो । उपाध्यायकका संसद पुनर्स्थापना, महिला अधिकार तथा वातारवण सम्बन्धी फैसलाहरु महत्वपूर्ण छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू