अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

‘छ माया छपक्कै’ को ‘बीच बीचमा’गीत सार्वजनिक

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३५ मा प्रकाशित

दीपकराज गिरी र दीपा श्री निरौलाको चलचित्र छ माया छपक्कै कोे ‘बीच बीचमा’ बोलको गीतलाई चलचित्र प्रमोशनको लागि भन्दै सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली चलचित्र प्रमोशनको लागि निर्माण टिमहरुले नयाँ ’प्रमोशनको टुल’ अपनाउने प्रचलन बढेसंगै ‘छ माया छपक्कै’ ले पनि नयाँ प्रमोशन शैली अपनाएको छ ।

गायक दुर्गेश थापाको तीज लक्षित गीत ‘बीच बीचमा’टाइटल र प्याटर्नलाई फलो गरी ‘छ माया छपक्कै’ टिमले आफनो गीतको प्रमोशन गीत बनाएको छ । ‘बीच बीचमा’ गीत आज शुक्रबार युट्युव रिलिज गरिएको हो । गीतको भिडियोमा गायक दुर्गेशसँगै कलाकार दीपकराज गिरी, केकी अधिकारी, दिपा श्री निरौला, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, सुमन गिरी र सुरज बाम फिर्चड छन् ।

गीतको भिडियोमा चलचित्रको केही सिनहरु पनि समावेश गरिएको छ । गीतमा असोज २४ गते ‘छ माया छपक्कै’भन्दै रिलिज मितिलाई जोड दिएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको ‘छ माया छपक्कै’ प्रेम र राजनीतिक विषयवस्तुमा आधारित छ । गीत रिलिज भएको केही घण्टामै एक लाख बढि दर्शकले उक्त प्रमोसनल गीत हेरिसकेका छन् ।

प्रतिक्रिया