अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

आजदेखि नयाँ र सुकिला नोट साट्न पाइने

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३० मा प्रकाशित

दशैंका लागि शुक्रबारदेखि नयाँ र सुकिला नोट साट्न पाइने भएको छ । असोज १७ गतेसम्म राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका शाखाहरु वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट नयाँ र सुकिला नोट साट्न सक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

बढीमा १८ हजार ५ सय सम्मका ५, १०, २०, ५० र एक सय रुपैयाँ दरका नोट साट्न मिल्ने राष्ट्र बैंकले जनाएको छ । १८ हजार ५ सय भन्दा धेरै आवश्यक पर्नेलाई भने नयाँ नोटको सट्टा पुरानो तर सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।

केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न पाइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू