अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

कांग्रेस सभापति देउवाविरुद्ध तरुण दलको प्रदर्शन

बिआरटीनेपाल २०७६ असोज १० गते ९:३० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको भातृसंगठन नेपाल तरुण दलले नारावाजी सहित प्रदर्शन गरेको छ । केन्द्रीय समिति बैठकका लागि शुक्रबार दिउँसो पार्टी कार्यालय सानेपा जाने क्रममा भातृ संस्था नेपाल तरूण दलका कार्यकर्ताले हो–हल्ला सहित प्रदर्शन गरेका थिए ।

तरूण दलभित्र देखिएको बिबाद समाधान गर्नुपर्ने माग गर्दै सभापति देउवाको ध्यानाकर्षण गराउन प्रर्दशन र नाराबाजी गरेका हुन् । तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाही समूहले अध्यक्ष जितजंग बस्नेतविरूद्ध पनि नाराबाजी गर्दै राजीनामा मागेको थियो । प्रर्दशनलगत्तै सभापति देउवालाई भेटेर महासचिव शाहीले ज्ञापन पत्र बुझाउनुभएको थियो ।

अध्यक्ष बस्नेत र महासचिव शाहीले एकअर्कालाई कारबाही गरेपछि तरूण दलभित्र बिबाद सिर्जना भएको छ । ९५ सदस्यीय तरूण दलमा चार जना मात्रै पदाधिकारी छन् । कार्यकाल सकिन अब एक महिनामात्रै बाँकी छ । महाधिवेशनको तयारी सुरू गर्नुपर्ने तरूण दल अहिले बिबादमा फसेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू