अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२२ | Colorodo: 15:37

सभापति देउवा र अमेरिकी राजदूतबीच भेट

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:५२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग अमेरिकी राजदूर्त यान्डी बेरीले भेटवार्ता गर्नुभएको छ । बुढानिलकण्ठस्थित देउवाको निवासमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ।

भेटमा नेपाल अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषयमा छलफल भएको देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू