अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

चिनियाँ राष्ट्रपतिको भ्रमण मिति तय भएको छैन– सरकारका प्रवक्ता मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:४१ मा प्रकाशित

चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणको मिति तय भइनसकेको सरकारले जनाएको छ । चिनियाँ राष्ट्रपति शीले यही असोज २७ गते नेपालको भ्रमण गर्ने चर्चा भइरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रमणको मिति तय भइनसकेको स्पष्ट पार्नुभयो ।

शीको भ्रमणतर्फ लक्षित गर्दै बाँस्कोटाले सरकार भ्रमणको तीव्र प्रतिक्षामा रहेको तर अहिलेसम्म चीनबाट कुनै जानकारी प्राप्त नभएकोले मिति तय हुन नसकेको उल्लेख गर्नुभयो । सरकारले यो वर्षलाई उच्चस्तरीय भ्रमण आदानप्रदान वर्षको रूपमा लिएको उल्लेख गर्दै उहाँले चीनमात्र नभएर दक्षिण (भारत), युरोप, अमेरिका लगायतबाट पनि उच्चस्तरीय भ्रमण भइराख्नुपर्छ भन्ने मान्यता सरकारको रहेको बताउनुभयो ।

सरकारका प्रवक्ता मन्त्री बाँस्कोटाले विश्वकै दोस्रो शक्ति राष्ट्रको रूपमा उदाएको चीनको विकासबाट नेपालले पनि लाभ लिनुपर्ने बताउँदै सम्भावित भ्रमणलाई सफल बनाउन सरकार, मिडिया सहित सबै पक्ष लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू