अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

एकदिवसीय वरीयतामा नेपाल १७ औं स्थानमा

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:३७ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरीयता दुई स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा पुगेको छ ।

गत माघपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नखेलेको नेपालको लगातार वरीयता खस्किरहेको छ । नेपाल ८ खेलमा १ सय ५२ अंकसहित १७ औं स्थानमा छ । एकदिवसीय क्रिकेट वरीयताको शीर्ष स्थानमा इङ्ल्यान्ड छ ।

दोस्रो स्थानमा भारत रहँदा तेस्रो स्थानमा न्युजिल्यान्ड तथा चौथो स्थानमा अष्ट्रेलिया छ । नेपाल टि–ट्वान्टी वरीयतामा भने ११ औं स्थानमा यथावत् छ ।

प्रतिक्रिया