अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२९ | Colorodo: 15:44

सरकार निरंकुशताको पक्षमा छैन– नेकपा नेता नेपाल

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:३४ मा प्रकाशित

।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि प्रकारको निरंकुशताको पक्षमा नरहेको जिकिर गर्नुभएको छ । नेकपा विदेश विभागले आयोजना गरेको ‘कम्युनिस्ट पार्टीहरुको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’को बुधबार काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले जनताले रुचाएर सरकार सन्चालन गरिरहेको पार्टी निरंकुश बन्दै गएको भन्दै अनावश्यक हल्ला फैलाएको आरोप लगाउनुभयो ।

नेकपाको विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम् विधि निर्वाचनमार्फत् दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको पार्टीप्रति अनावश्यक हल्ला नफैलाउन अरु दलहरुलाई चेतावनी दिनुभयो । नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सतिसालझैं उभिएर काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले आफ्नो पार्टी नेकपाले निर्वाचनको माध्यमबाट जनताको विश्वास जितेर पटक–पटक मुलुकको शासन सत्ता सन्चालन गर्ने मौका पाएको स्मरण समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू