अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

भ्वाईस अफ नेपाल दोश्रो चरणमा, ब्लाईण्ड अडिसन सकियो

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:४१ मा प्रकाशित

नेपालको चर्चित गायन रियलिटी शो ‘द भ्वाइस अफ नेपाल– २’ दोस्रो चरणमा पुगेको छ । हिमायलन टेलिभिजनबाट प्रसारण भइरहेको यो कार्यक्रमले ब्लाइन्ड राउन्डको बिट मारेको हो । ब्लाइन्ड राउन्डबाट आफुलाई अब्बल सावित गरेका १६ प्रतियोगीलाई चार जना कोचले आ– आफ्नो टिममा लिएका छन् । प्रतियोगिताको अघिल्लो राउण्डका लागि छनौट भई दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतको समूहमा पुगेका प्रतियोगीहरु अब ब्याटल रिंगमा प्रवेश गर्नेछन् । कार्यक्रम प्रसारण भएको १२ एपिसोड पुगेपछि ब्लाइन्डट अडिसन सकिएको हो ।

भेट्रान गायक दिप श्रेष्ठकै समूहमा रहेका प्रतियोगीले अघिल्लो संस्करणमा शीर्ष उपाधि हात पारेका थिए । यसपाली दीप श्रेष्ठको टिममा अंकित, डम्बर, धर्मा, कविराज, निर्मला, रजनी, राम, रमा, शिवा, आकांक्षा, विकास, विनय, पृथविन्द, सुमन, सुनिल र सुरज परेका छन् ।

गायक प्रमोदको टिममा जमिर, कमल, मधु, मेचु, प्रवेश, सैकिरण, सजन, सदिक्षा, शुसान्त, सुश्मा, बलबहादुर, विमोचना, विशाल, राजिव, सौगात र अमित परेका छन् । यसैगरी, गायक राजु लामाले नुशा, बैशाली, विजय, गीता, करण, कुमार, पेक्क्षा, रेवन, समीर, सनिश, संजय, सशिका, श्रवण, सम्झना, श्रृष्टि र अन्जु लगायतका प्रतियोगी पाउनुभएको छ । गायिका आस्था राउतको टिममा आरिफ, झुप्री, कुमा, नविना, राजिव, रिता, सविना, सम्झना, सोनिया, सुरज, यान्की, अजेश, अनिश, जमुना, राहुल र श्रृखला परेका छन् ।

ब्लाइन्ड अडिसनपछि प्रतियोगितामा अब ब्याटल राउन्ड सुरु हुनेछ । यस राउन्डमा भने एकै टिमका दुई ट्यालेन्टले एक–अर्कासँग प्रतिष्पर्धा गर्नुपर्नेछ । ब्याटलबाट प्रतेक कोचले आफ्नो टिममा ८ जना प्रतियोगी पाउनेछन् भने अर्को टिमबाट आउट भएको १ जनालाई स्टिल गरेर आफ्नो टिममा लिन सक्नेछन् । आगामी साताबाट द भ्वाइसको ब्याटल राउन्ड प्रशारण हुनेछ ।

प्रतिक्रिया