अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

कृषि तथा पशु सेवा प्राविधिकद्वारा धर्ना र र्याली

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:१७ मा प्रकाशित

कृषि तथा पशु सेवा विभागअन्तर्गत २०७२ साल देखि एक गाउँ एक प्राविधिक रूपमा करारमा कार्यरत तीन हजार कृषि तथा पशु सेवा प्राविधिक धर्ना तथा विरोध र्याली निकालेका छन् । अर्थ मन्त्रालयको भदौ २९ को निर्णय अनुसार उनीहरुलाई पदमुक्त गरिएपछि मंगलबार सत्तारुढ दल नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा ११ बजेदेखि १ बजेसम्म र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा २ बजेदेखि ३.३० सम्म धर्ना दिएका छन् ।

त्यसैगरी दिउँसो ४ बजेदेखि थापाथली हुँदै माइतीघर सम्म विरोध र्याली गरेका छन् । कृषि प्राविधिकले सरकारले हटाएपछि असोज ५ गतेदेखि आन्दोलन गर्दै आइरहेका छन् ।

लगातार तीन दिनदेखि विभिन्न किसिमको शान्ति पूर्ण आन्दोलन गर्दै आएका उनीहरुले अर्थमन्त्रालयको भदौ २९ गतेको निर्णय खारेजीको माग गरेका छन् । शान्तिपूर्ण आन्दोलनको सरकारले सुनुवाई नगरे कडा आन्दोलनको घोषण गरिने नेपाल कृषि तथा पशु सेवा प्राविधिक हकहित संरक्षण समितीका सदस्य धिरेन्द्र बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू