अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३० | Colorodo: 10:45

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा, बिचारात्मक अन्तरक्रिया शुरु

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:४८ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ सोमबार काठमाडौं आईपुग्नुभएको छ । नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले सङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

सङले नेपाल बसाइका क्रममा राष्ट्रपति, प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत नेता भेट्ने कार्यक्रम छ । सङ तीन दिन नेपाल रहनुहुनेछ । उहाको आगमनको अवसरमा सोमबारदेखि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारात्मक अन्तरक्रिया शुरु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा शुरु अन्तरक्रियामा नेकपाको स्कुल विभाग र विदेश विभाग सहआयोजक छन् ।

दुईदिने अन्तरक्रियामा चिनिया नेताहरूले पार्टीमा अनुशासनको व्यापक कार्यान्वयन, मध्यम आयको चिनियाँ समाज, बेल्ट एण्ड रोड लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन्। अन्तरक्रियामा चिनियाँ कम्युनिष्ट पार्टी का २० र नेकपाका केन्द्रीय स्तरका २०० बढी नेताहरूको सहभागीता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू