अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३० | Colorodo: 09:45

मिस ब्युटी आइकनको उपाधि इटहरीकी प्रेजिनालाई

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:४० मा प्रकाशित

इटहरी र इटहरीको विश्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी इटहरीकी प्रेजिना नेपालले प्रमुख निर्णायक हर्शिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिँदै अन्य १० जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै मिस ब्युटी आइकन २०१९ को उपाधि जितेकी छिन् ।

५.४ इन्च अग्ली १८ वर्षीय प्रेजिनाले मिस ब्युटी आइकनको उपाधि सँगै रु पचास हजार नगद पुरस्कार तथा मिस पूर्वाञ्चलमा सिधा प्रवेश पाएकी छिन् ।उनले मिस फ्रेन्डशिपको सब(टाइटल समेत जितिन । त्यस्तै ५.५ इन्च अग्ली १७ वर्षीय मनिला सिम्खडाले फर्स्ट रनर अप को उपाधि सँगै रु तिस हजार नगद पुरस्कार तथा मिस पूर्वाञ्चलमा सिधा प्रवेश पाएकी छिन् । उनले मिस बेस्ट वाक र मिस मल्टिमिडियाको सब टाइटल समेत जितिन भने निशा सुब्बाले सेकेन्ड रनर अप को उपाधि सँगै रु. १५,००० नगद पुरस्कार जितेकी छिन् । तिनै जनाले नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट एयर होस्टेज ट्रेनिङ कोर्सको अवसर पाएका छन् ।

त्यस्तै मिस ट्यालेन्ट इश्ना गुरुङ, मिस पब्लिक चोइस सुहाना श्रेष्ठ, मिस इन्टलेक्चुअल र मिस फोटोजेनिक कशिस बस्नेत, मिस एथलेटिक्स समीक्षा अधिकारी र मिस पर्सनालिटी प्रतिमा राईले जितेका छन् । प्रत्येक टाइटल विजेताले रु ५,००० पुरस्कार पाएका छन् ।

एमके फोटोग्राफीको आयोजना तथा मिस पूर्वाञ्चल २०१८ सेकेन्ड रनर अप तथा मिस इटहरी २०१७ कि विजेता तपस्या रनापहेलीको कोरियोग्राफी रहेको कार्यक्रममा निर्णायकहरूमा नायिका हर्शिका श्रेष्ठ, मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बु, मिस पूर्वाञ्चल २०१८ पूजा श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ, सुनसरीको उपाध्यक्ष सन्तोष काफ्ले, पाथीभरा जब लिङ्कको सिइओ पवन अधिकारी , ट्रेनर सुरेश राई र सिजी ब्रुअरीको डेपुटी म्यानेजर खेम कुइकेल रहेका थिए ।

प्रतिक्रिया