अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

वसन्तले गाए अम्बर गुरुङको राजमार्ग

बिआरटीनेपाल २०७६ असोज ५ गते १२:२५ मा प्रकाशित

नेपाली सङ्गीतका शीर्ष पुरुष तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार स्वर्गीय अम्बर गुरुङको रचना तथा सङ्गीतमा अमेरिकाको नर्थ क्यारोलाइना निवासी गायक वसन्त खड्काले हालै एक गीतमा स्वर भरेका छन् ।”राजमार्ग” नामको उक्त गीतको म्युजिक भिडियो हालै एक कार्यक्रमको आयोजना गरी गायक खड्काले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।करिब २५ वर्ष अघि सृजना गरिएको सो गीत आफ्ना गुरुप्रति समर्पित गर्दै सम्पूर्ण दर्शक र श्रोतामाझ श्रब्यदृश्य प्रस्तुत गर्न पाएकोमा आफू अत्यन्तै हर्षित भएको कुरा गायक खड्काले बताए ।

मधुर बस्नेतको छायाङ्कन र बाबु राजा के सी उज्ज्वल को निर्देशनमा तयार परिएको म्युजिक भिडियो नेपालको पूर्वी क्षेत्रको मनोरम प्राकृतिक स्थानहरूमा छायाङ्कन गरिएको छ । सो भिडियो मा नेपाली नेपाली लोक, आधुनिक तथा चलचित्रमा उत्कृष्ट अभिनय गरेका अभिनेता सुरवीर पण्डित लगायत अनिता बस्नेत र सुवास थापाको जीवन्त अभिनयले दर्शकको मन जित्न सक्नेमा गायक खड्का आशावादी छन्।

तीन दशक लामो गायन यात्रा पर गरिसकेका वसन्त खड्काले यस अघि गोधुली, लालिमा, छहरा जस्ता आधुनिक गीति सङ्ग्रह र मृगतृष्णा नामक गजल सङ्ग्रह श्रोता र दर्शक सामु प्रस्तुत गरिसकेका छन् भने हाल उनी नेपाल तथा अमेरिका निवासी विभिन्न लोकप्रिय गीतकारहरूको शब्द रचनामा कञ्चन नामक गीति सङ्ग्रह को तयारीमा छन् । कञ्चन गीति संग्रमा समेटिने यो राजमार्ग गीतबाट आफू निकै आशावादी रहेको कुरा खड्का बताउञ्छन ।

प्रतिक्रिया