अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

डा. सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने

बिआरटीनेपाल २०७६ असोज २ गते १०:०७ मा प्रकाशित

सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय विहिवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सन्दुक रुइतलाई प्रधानमन्त्री राष्ट्रिय पुरस्कारबाट सम्मानित गर्ने जानकारी दिनुभएको हो ।

पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको छ । डाक्टर रुइतले एक लाखभन्दा बढी मोतियाबिन्दुका बिरामीको आँखाको ज्योति फर्काउनु भएको छ । सस्तो मूल्यमा गुणस्तरीय लेन्स ७० भन्दा बढी देशहरुमा पुर्याएर मोतियाबिन्दुबाट हुने अन्धोपना निवारणका लागि महत्वपूर्ण भूमिका निभाएका डा. रुइत नेतृत्वको तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वकै नमुना अस्पताल मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू