अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

नागरिकको असन्तुष्टि हुँदाहुँदै संविधान दिवस नमनाउन राजपाको आग्रह

बिआरटीनेपाल २०७६ असोज २ गते ९:४३ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नागरिकको असन्तुष्टि हुँदाहुँदै संविधान दिवस नमनाउन आग्रह गर्नुभएको छ । सरकारले मनाउन लागेको संविधान दिवसलाई गाइजात्रेको संज्ञा दिदै नेता महतोले नागरिकको असन्तुष्टि हुँदाहुँदै संविधान दिवस मनाउनु गलत भएको नेता महतोको भनाइ छ ।

प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै नेता महतोले देश सबैको हो भन्ने याद गर्न सरकारलाई सचेत गराउनुभयो । ‘एकल जातीय अहंकारबाट देशलाई मुक्ति दिनुस् । हिमाल, पहाड, तराई, मधेसमा बस्ने सबैको देश हो । सबैको देश नबनाएसम्म सबैको लागि त्यो संविधानमा स्पेस नबनाएसम्म सबैको स्वामित्व हुने गरी नबनाएरसम्म दिवस उत्सव हुँदैन’ महतोले संसदबाट भन्नुभयो ।

महतोले सरकारमा रहेका सबै पार्टी र देशभरका सरकारले संविधान दिवस मनाएर देखाउन चेतावनी पनि दिनुभएको छ । सरकारमा रहेको समाजवादी पार्टी र उपप्रधानमन्त्री नै संविधान दिवस मनाउने अवस्थामा नरहेको भन्दै नेता महतोले उर्दी जारी गर्दैमा दिपावली नमनाइने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू