अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

‘संविधान कसैको लहड र रहरमा संशोधन हुन्न’– उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ असोज २ गते ९:४३ मा प्रकाशित

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संविधान कसैको रहर वा लहडमा संशोधन नहुने बताउनु भएको छ । उपप्रधानमन्त्री पोखरेलले संविधान गतिशील र संशोधन गर्न मिल्ने दस्तावेज भएतापनि कसैको लहड वा रहरको भरमा भने संशोधन गर्न नसकिने धारणा व्यक्त गर्नुभएको हो ।

संविधान दिवस पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा उहाँले आवश्यक्ता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले संविधान भित्रै संशोधनको प्रावधान राखिएको उल्लेख गर्दै केहीकेही मानिसले त्यसविरुद्ध वकालत गर्ने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संविधान हतारोमा जारी गरिएको भन्ने तर्क सैह्य नहुने चेतावनी दिनुभयो । सबै राजनीतिक दलको कार्यसूची अनुसार जारी भएको संविधानलाई हतारोमा जारी गरिएको भन्नु आफैंमा खण्डनीय तर्क हुने उहाँको दाबी छ ।

उपप्रधानमन्त्री पोखरेलले विधि, प्रक्रियासम्मत ढंगले जारी गरिएको संविधान विभिन्न कोणबाट हतारोमा जारी गरिएको भन्ने भनाई आएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू