अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

विश्वभर ३६ घण्टामै फैलन सक्छ फ्लुजस्तै महामारी, आठ करोडको ज्यान जानसक्छ– अध्ययन

बिआरटीनेपाल २०७६ असोज १ गते ८:४७ मा प्रकाशित

फ्लुजस्तै रोग विश्वमै ३६ घण्टामा फैलन सक्ने र आठ करोड मानिसको ज्यान लिन सक्नेप्रति स्वास्थ्य विज्ञहरुले सचेत गराएका छन् । ग्लोबल प्रिपेयर्डनेस मोनिटरिङ बोर्डले सार्वजनिक गरेको प्रतिवेदनले विश्वमा महामारी फैलाउने रोगले आक्रमण गर्न सक्ने र त्यसले विश्वकै अर्थतन्त्र विनाश गर्न सक्ने खतरा रहेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका पूर्वप्रमुख नेतृत्वको टोलीले उक्त प्रतिवेदन तयार गरेका थिए । सन् १९१८ को स्पेनिश फ्लु महामारीले विश्वको एक तिहाइ जनसंख्या अर्थात् पाँच करोड मानिसको ज्यान गएको थियो । उक्त प्रतिवेदनमा भनिएको छ, “मानिसहरु अहिले विश्वको एक ठाउँबाट अर्को ठाउँमा जहाजमार्फत् यात्रा गर्छन् । जसका कारण विश्वको एक ठाउँमा सुरु भएको महामारी दुई दिनमै विश्वभर फैलन सक्छ र जसले पाँचदेखि आठ करोड मानिसको ज्यान लिनसक्छ । यसले विश्वको ५० प्रतिशत अर्थतन्त्रसमेत विनाश हुनेछ ।“

बुधबार ’विश्वमा खतरा’ नामक प्रतिवेदन सार्वजनिक गर्दै विज्ञहरुले विश्वभर महामारी फैलनसक्ने खतरा सत्य भएको बताएका छन् । विज्ञहरुले भनेका छन्, “एकदम चाँडै फैलने र रोग सार्नसक्ने उक्त फ्लुले १० करोड मानिसको ज्यान लिनसक्ने सम्भावना छ । जसले अर्थतन्त्र ध्वस्त पार्नुका साथै राष्ट्रिय सुरक्षा खतरामा पर्नेछ ।“

महामारीको फैलिँदा गरिब मुलुकहरुमा राष्ट्रिय स्वास्थ्य प्रणाली पनि बन्द हुने जनाइएको छ । गरिबी र विभिन्न किसिमका प्रकोपहरुले महामारी फैलन मद्दत गर्ने विश्व बैंकमा कार्यकारी प्रमुख एक्सेल भान टोर्टसेनबर्गले बताउनुभयो ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिमी अफ्रिकामा इबोला फैलिएपछि विभिन्न सरकारी र अन्तर्राष्ट्रिय निकायहरुले महामारी फैलाउन सक्ने प्रमुख रोगहरुको बारेमा अध्ययन अनुसन्धान थालेका छन् । तर, उक्त अध्ययन पर्याप्त नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू