अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

नेपाल भ्रमण वर्ष–२०२०’ को वेवसाइट शुभारम्भ

बिआरटीनेपाल २०७६ असोज १ गते ८:४३ मा प्रकाशित

‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेवसाइट तथा सामाजिक संजाल फेस बुक, ट्वीटर, इन्टाग्राम र लिङ्डइन संचालनमा ल्याइएको छ । भ्रमण वर्ष–२०२०’ को सबै सूचना जानकारी दिने उद्देश्यका साथ तयार पारिएको आधिकारिक वेबसाइट तथा सामाजिक संजालका ह्यान्डल संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले बुधबार शुभारम्भ गर्नुभएको छ । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा आधिकारिक वेबसाइटको शुभारम्भ गरिएको बताउनु भयो ।

नेपाल भ्रमण वर्षको सबै सूचना समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले जानकारी दिनुभयो ।वेबसाइटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, नेपाल सम्बन्धी जानकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तिको सम्बन्धी सन्दर्भ सामग्री भिडियोमार्फत सार्वजनिक गरिनेछ । मन्त्री भट्टराईले यी वेबसाईटबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री भट्टराईले यसअघि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरुसँग पनि छलफल गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू