अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

मुलुकमा संगठितरुपले भ्रष्टाचार – कमल थापा

बिआरटीनेपाल २०७६ असोज १ गते ८:३७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा संगठितरुपले भ्रष्टाचार भइरहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले ठूला नेता, कर्मचारी र व्यापारीहरु भ्रष्टाचारमा योजनाबद्ध ढंगले लागिरहेको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले एनसेलको करछली प्रकरणमा अर्बौंको घोटाला भएको दाबी गर्दै प्रशासनिक, राजनीतिक र व्यावसायिक क्षेत्रलाई समेटेर संगठित तवरले नै भ्रष्टाचार गर्न ठूला व्यक्तिहरु सफल भएको दाबीसमेत गर्नुभयो ।

हिन्दुराष्ट्र र राजसंस्थाप्रति अहिले पनि राप्रपा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । अध्यक्ष थापाले चाडपर्वलगत्तै भ्रष्टाचारविरुद्ध वृहत् अभियान सन्चालन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू