अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

गायक राजेश पायल राईको घरमा आगलागी, अवार्ड र प्रमाणपत्र जलेर नष्ट

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:३६ मा प्रकाशित

चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । काठमाण्डौंको बानेश्वरस्थित उहाँको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति क्षति भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट राईका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् ।

गायक राई अहिले साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर हुनुहुन्छ । आगलागीपछि गायक राईले फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडालाई पीडा नभएको प्रतिक्रिया दिनुभएको छ ।

’म पिडा मा छैन किनकी तपाईहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा,पीडा हैन .. मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग ,नेपाल प्रहरी,दमकल परिवारप्रति, यहाँबाटै हार्दिक नमन ..अवार्ड जले होलान् तर तपाईहरुले दिएको आशिर्वाद माया ,सुझाव नजलोस् .. म सदा तपाईहरुकै काखमा लुट्पुटिने मान्छे’, आगलागीपछि राईले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू