अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

सेयर बजारमा लगानी बढाउन अर्थमन्त्री डा. युवराज खतिवडाको आव्हान

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:३० मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थालाई आह्वान गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तिय संस्थालाई सचेत गराउनुभएको हो ।

कर्मचारी संचय कोषको ५८ औँ वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व पनि कायम भएकाले सेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको पनि स्मरण गराउनुभयो । सेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाइ छ।

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिनुभयो । उहाँले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू