अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 12:48

समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थाल्यो– पर्यटनमन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:३० मा प्रकाशित

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उच्छृङ्खल खालका गतिविधि देखिन थालेको बताउनुभएको छ । मन्त्री भट्टराईले समाजलाई नै विभाजनतिर लैजाने गरी हुने खालका उछृङखल गतिविधि रोक्ने गरी नयाँ पिँढीलाई दीक्षित गर्न पनि प्राज्ञहरुलाई आग्रह गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री भट्टराईले समाजमा हुने अराजकता र उछृङ्खल खालका गतिविधिले मुलुकलाई नै विभाजनतिर लैजाने खतरा निम्त्याउने हुनाले त्यस्ता खालका गतिविधि हुन नदिने गरी प्राज्ञहरुले भाषा र संस्कृतिको माध्यमबाट नयाँ पिँढीलाई दीक्षित गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो ।

सो अवसरमा मन्त्री भट्टराईले नेपालको संस्कृति र सभ्यता तथा पूर्वीय सभ्यताले सामाजिक एकतामा जोड दिएको पनि स्मरण गराउनुभयो । विविधताले युक्त मुलुकलाई अघि बढाउन सुदृढ राष्ट्रिय एकताको आवश्यकतामा उहाँले जोड दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू