अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

बैंकमा आरटिजिएस प्रणाली शुरु

बिआरटीनेपाल २०७६ भदौ २९ गते १०:१९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक शुरु गरेको छ । राष्ट्र बैंकले आइतबारदेखि आरटिजिएस प्रणाली शुरु गरेको हो । राष्ट्र बैंकले पहिलो चरणमा ’क’ वर्गका बैंकहरुका लागि मात्र लागु हुनेगरी यो प्रणालीको शुरुवात गरेको छ । यो प्रणालीले बैंकहरुले गर्ने ठुला कारोबारको सेलमेन्टका गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन यो प्रणालीले सहयोग गर्नेछ । यसबाट ब्यबसायी तथा कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक नकाटी भुक्तानी लिन र दिनसक्नेछन् । तर २ लाख भन्दा कम रकमका लागि भने एकाउन्ट पेयी चेक नै जारी गर्नुपर्ने हुन्छ ।

अहिलेको एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन समय लाग्ने र झन्झटिलो प्रक्रियालाई यो प्रणालीले हटाउने छ । यस्तो प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार संचालन गर्नुपर्ने हुन्छ । यसबाट कारोबार गर्नका लागि बैंक तथा बित्तिय संस्थाले भुक्तानी लिन दिन गरेको लिखित आदेश दिएको औसत १० मिनेट भित्र कारोबार सम्पन्न हुने राष्ट्रबैंकले बताएको छ । आरटिजिएस प्रणाली भदौ २५ गते देखि कार्यान्वयनमा आए पनि औपचारिक घोषणा आइतबार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू