अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

बाबु बोगटी र बसन्ती राईको ‘नानु बाबु’ सार्वजनिक

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:३७ मा प्रकाशित

नेपाली साङ्गीतिक क्षेत्रमा दुई दशक देखी निरन्तर रूपमा काम गरिरहेका गायक,नायक तथा सङ्गीतकार बाबु बोगटीका चर्चित गीतहरू सान्नानी, जमुना,तुलसी, साली,टिकुली जस्ता धेरै हित गीतहरू दिएका बाबु बोगटीले आफ्नै प्रकारको फेरी नयाँ गीत ‘नानु बाबु’ लिएर बजारमा आएका छन् । जुन गीतमा डान्सर तथा गायिका बसन्ती राईले गायन तथा अभिनयमा साथ दिएकी छिन् । डान्सिङ्ग तथा रमाइलो प्रकारको गीतको भिडियोलाई गजित विष्टले निर्देशन गरेका छन् ।

गीतमा बाबु बोगटी र बसन्ती राईलाई फिर्चड गरिएको छ । गीतमा बाबु बोगटीको शब्द सङ्गीत तथा गायन रहेको छ । गीतलाई बाबु बोगटीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

Video:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू