अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

नयाँ सामाजिक सुरक्षा भत्ताको दर कायम

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:५३ मा प्रकाशित

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको दर कायम गरेको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको हो । चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता असोज १ गते वितरण हुन्छ । यसै प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारलाई उपलब्ध गराएको छ ।

चालु आवको बजेटले जेष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता एक हजारबाट दुइ हजार पु¥याएको थियो । ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले एक हजार रुपैयाँ मासिक उपचार खर्च पनि पाउँछन् । यसरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको मासिक भत्ता तीन हजार पुगेको छ । यसबाहेक साविक कर्णाली अञ्चलका ६० वर्ष नाघेका जेष्ठ नागरिक र ६० वर्ष नाघेका देशभरका तोकिएका दलित समूदायका नागरिकलाई राज्यले सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

नयाँ सामाजिक सुरक्षा भत्ता दरमा जेष्ठ नागरिकको मासिक दुइ हजार, एकल र विधवा महिला मासिक भत्ता दुइ हजार, पूर्ण अपाङ्गता भएका व्यक्तिलाई मासिक तीन हजार, अति अशक्त अपांगता व्यक्तिलाई मासिक एक हजार ६ सय रुपैयाँ रहेको छ ।

यस्तै लोपोन्मुख आदिवासी जनजातिलाई मासिक तीन हजार, बालबालिका (बाल संरक्षण अनुदान) मासिक चार सय, ७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च मासिक एक हजार रुपैयाँ रहेको छ । सामाजिक सुरक्षा भत्ताका लागि अर्थ मन्त्रालयले आवश्यक रकम विभागमा दिन्छ भने विभागमार्फत स्थानीय तहबाटै वितरण हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू