अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:४८ मा प्रकाशित

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारी शुक्रबार अपरान्ह बसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गर्नुभएको हो ।

जात्रा अवलोकन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी हुनुहुन्थ्यो ।

जात्रामा पहिलो पटक विदेशी पाहुना सहभागी भएका थिए । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न शहरका मेयर सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू