अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

सरकारले गर्‍यो दसैँ बिदा कटौती

बिआरटीनेपाल २०७६ भदौ २६ गते ११:०७ मा प्रकाशित

सरकारले दसैँ बिदा कटौती गरेको छ । यसपालि दसैँ बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दसैँमा अब फुलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ । सरकारले अघिल्लो वर्षदेखि दसैँ बिदा ३ दिन कटौती गरेको हो । पहिला दसैँमा सरकारी कार्यालय फुलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो । घटस्थापनाको दिन समेत गरी दसैँमा ८ दिन बिदा दिइन्थ्यो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू