अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

प्रचण्ड र चिनियाँ विदेश मन्त्रीबीच भेट

बिआरटीनेपाल २०७६ भदौ २५ गते ०:५८ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। मंगलबार बिहान प्रचण्ड र यीबीच काठमाडौं म्यारियट होटलमा भेटवार्ता भएको दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिनुभयो ।

भेट उपलब्धिमूलक भएको प्रचण्डले बताउनुभएको छ ।  विदेशमन्त्रीसँगको भेटपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध अझै सुदृढ हुने प्रतिक्रिया दिनुभयो । ‘आर्थिक विकासमा चिनियाँ सरकारबाट हुने सहयोग र हाम्रा अपेक्षाबारे कुराकानी भयो,’ प्रचण्डले भन्नुभयो, ‘दुई देशबीच सम्बन्ध अझै सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।’

अध्यक्ष प्रचण्डका अनुसार सो अवसरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे पनि विदेशमन्त्रीसँग कुराकानी भएको छ । भेटपछि प्रचण्डले चीनले आर्थिक क्षेत्रमा मात्रात्मक मात्र नभएर गुणात्मक सहयोग गर्ने विश्वास समेत ब्यक्त गर्नुभएको छ । यसैबीच, चिनिया विदेशमन्त्री वाङ र नेपाली कांगे्रसका सभापति शेर बं देउवावीच पनि आजै भेटवार्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू