अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

चिनियाँ विदेशमन्त्री वाङ नेपालमा

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:२९ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउनुभएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमण लागि वाङ यी आइतबार साँझ नेपाल आईपुग्नुभएको हो । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई मुलुकका परराष्ट्रमन्त्री स्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय हितका विविध विषयमा छलफल हुने पनि परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले चीनको विकासबाट नेपालले बढीभन्दा बढी लाभ लिने गरी चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल केन्द्रित गर्ने नेपाल सरकारको योजना पनि बताउनुभएको छ । छलफलमा विगतमा गरिएका रेल सेवा सञ्चालन, पारवहन सम्झौताको कार्यान्वयनका विषयलाई पनि जोड दिन लागिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल भ्रमण गरेको दुइ हप्ता नबित्दै चीनका विदेशमन्त्री वाङ औपचारिक भ्रमणकोे लागि नेपाल आउनुभएको हो । चिनियाँ विदेशमन्त्री वाङको सो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको तयारीको रुपमा पनि हेरिएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्ने तय भएपनि समय भने निश्चित नभएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू