अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 06:55

नेपाल चलचित्र कलाकार सङ्घद्वारा मनोनीत पदाधिकारीहरूलाई स्वागत

बिआरटीनेपाल २०७६ भदौ १९ गते १२:०९ मा प्रकाशित

काठमाडौँ: नेपाल चलचित्र कलाकार सङ्घले मनोनीत पदाधिकारीहरूलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सङ्घको विधान अनुसार मनोनीत गरिएका संरक्षक वरिष्ठ अभिनेता निर शाह, सल्लाहकार आजीवन सदस्यहरू दिनेश डिसी र मधु कुमार श्रेष्ठ, उपाध्यक्ष वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, सदस्यहरू नायक विशाल विष्ट, अभिनेत्री आँचल शर्मा, कलाकार रामेश्वर बुर्लाकोटी, कानुनी सल्लाहकार शम्भु प्रसाद निरौला तथा प्रेस संयोजकमा कलाकार तथा सञ्चारकर्मी सूर्य चन्दलाई कार्यक्रममा स्वागत तथा सम्मान गरिएको थियो । साथै सो अवसरमा नायिका आँचल शर्मालाई अध्यक्ष खड्काले पद तथा गोपनीयताको शपथ समेत खुवाएका थिए । 

चलचित्र कलाकार सङ्घका अध्यक्ष अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घका पूर्व अधक्ष्यहरु तथा पदेन सल्लहाकारहरु वरिष्ठ अभिनेता कृष्ण मल्ल, वरिष्ठ अभिनेता रमेश बुढाथोकी, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, वरिष्ठ अभिनेता नबल खड्का लगायतका विशिष्ट चलचित्रकर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

भाद्र २३ गते सङ्घको स्थापना दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ मनाउने जानकारी समेत सो अवसरमा गराइएको थियो । अध्यक्ष खड्काले सम्पूर्ण चलचित्रकर्मीहरूलाई साझा धारणा बनाएर हातेमालो गर्न तथा सङ्घको हकहितमा काम गर्न समेत सम्पूर्ण चलचित्रकर्मीहरूलाई आव्हान गरेका थिए । कलाकार भेटघाट तथा श्रमजीवी चलचित्रकर्मीहरूको सामाजिक सुरक्षा एवं क्षमता अभिवृद्धि बारे अन्तरक्रिया गर्ने कुरा पनि सङ्घका अध्यक्ष रवीन्द्र खड्काले बताए । कार्यक्रममा महासचिव चेत बहादुर सिंह”राजा” ले स्वागत मन्तव्य राखेका थिए भने सदस्य धर्मेन्द्र आचार्यले कार्यक्रमलाई सञ्चालन गरेका थिए । 

प्रतिक्रिया