अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

मनकामना केवलकार भदौ २२ गतेदेखि ५ दिन बन्द हुने

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:१९ मा प्रकाशित

मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकार ५ दिन बन्द हुने भएको छ । केवलकार सञ्चालनको २० वर्षपछि केबलकार ५ दिन बन्द हुन लागेको हो ।

केवलकार निर्माता कम्पनी डोप्पेलमेयर अष्ट्रियाको दिशानिर्देश र एउटा निश्चित अवधिमा पूरा गर्नु पर्ने प्रक्रिया तथा मापदण्ड बमोजिम उक्त कम्पनीका प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा मर्मत गर्नु पर्ने भएकाले भदौ २२ गतेदेखि २६ गतेसम्म केवलकार सेवा बन्द हुने जनाइएको छ । २७ गतेदेखि केवलकार पुनः नियमित सञ्चालन हुनेछ ।

केवलकारको बुलह्वील लिनर चेञ्जिङ, मेन मोटर सर्भिसिङ र रोप रि–स्पीसिङको मर्मत सम्हार गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू