अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

नागरिकता विधेयकका विवादित विषयमा उपसमितिले जुटाएको सहमतिमै असन्तुष्टि

बिआरटीनेपाल २०७६ भदौ १७ गते ८:०६ मा प्रकाशित

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिद्वारा नागरिकता विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि उपसमितिकै सदस्यहरुको असहमति सार्वजनिक भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उपसमितिकै सदस्य यशोदा गुरुङ सुवेदीले पुरुषको नाम र ठेगानामा मात्रै महिलाले नागरिकता लिन पाउने गरी गरिएको सहमतिमा आफ्नो असहमति रहेको बताउनुभयो । उहाँले उपसमितिले गरेको सो निर्णय तत्काल हटाउन पनि समिति समक्ष माग गर्नुभयो ।

महिलामुक्ति आन्दोलन र लैंगिक दृष्टिकोणले पनि मान्य नहुने यस्तो प्रावधान आफू बैठकमा उपस्थित नभएको बेला उपसमितिबाट निर्णय गरिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । सत्तारुढ दलकै सांसद झपटबहादुर रावलले पनि उपसमितिको छलफल प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै उपसमितिले गरेको सहमति मान्य नहुने बताउनुभयो । नेकपाकै सांसद बिजय सुब्बा नेतृत्वको उपसमितिले सो प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू