अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

रवि लामिछाने र अंगुर जिसीविरुद्धको मानहानी मुद्दा खारेज

बिआरटीनेपाल २०७६ भदौ १६ गते ७:११ मा प्रकाशित

टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध हालिएको अदालतको मानहानीको मुद्दा खारेज भएको छ। अदालतमा बिचाराधीन रहेको मुद्दामा प्रभाव पार्ने गरी कार्यक्रम सञ्चालन गरेको भन्दै लामिछाने र जिसीबिरुद्ध हालिएको मुद्दा खारेज भएको हो ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सुरुवाती अनुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले एक टिभी अन्तर्वार्ता गर्नुभएको थियो । प्रमाण नष्ट गरेको र यातना दिएकोबारेको अभियोगमा जिल्ला अदालतमा कञ्चनपुरमा मुद्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै दाजु खड्गसिंह विष्टले रवि र जिसीविरुद्ध मुद्दा दायर गर्नुभएको थियो ।

खड्गसिंहले सुरुमा दिएको उजुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गर्नुभएको थियो । पछि पुनः अर्को उजुरी दिएपछि दर्ता भएको थियो। आज सोही उजुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय सदर गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू