अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२६ | Colorodo: 18:41

सर्लाहीमा नक्कली तमसुक बनाएर गरिबमाथि ठगी गर्ने कलवार पक्राउ

बिआरटीनेपाल २०७६ भदौ १६ गते ०:०७ मा प्रकाशित

ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार यसअघि बिभिन्न संचारमाध्यममा प्रकाशन प्रसाण भएको थियो ।

कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोडभन्दा बढीको तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडितहरु काठमाडौं गएपछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइसक्दा पनि कलवारले अनावश्यक तनाव दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू