अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

सरकारले गर्यो ‘सीडीओ’हरुको सरुवा (सूची सहित )

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:३१ मा प्रकाशित

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु, सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको एकैचोटीे सरुवा गरेको छ । गृह मन्त्रालयको बिहीबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।

गृहका अनुसार काठमाडौंको सीडीओमा जनकराज दाहाललाई ल्याइएको छ । काठमाडौंका यसअघिका सीडीओ रामप्रसाद आचार्यलाई गृह मन्त्रालय पठाइएको छ । ललितपुरको सीडीओमा भगिरथ पाण्डेलाई लगिएको छ । ललितपुरका हालका सीडीओ प्रेमराज जोशीलाई मकवानपुरको सीडीओमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयमा कार्यरत् सहसचिव महादेव पन्थलाई रुपन्देहीको सीडीओ बनाइएको छ । गृहमै कार्यरत् सहसचिव दीर्घनारायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू