अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 06:33

भिडियो कन्फेरेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेसको आपत्ति

बिआरटीनेपाल २०७६ भदौ १० गते ९:२२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्यबिधी शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको प्रारम्भमै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषद् सञ्चालनसम्बन्धी संशोधन गरिएको कार्यबिधी फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो ।

उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष रहेपनि पछिल्लो कार्यबिधी संशोधनबाट अधिकारको दुरुपयोग भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री स्वदेशमा नभए पछि उहाँकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक नरहेको उल्लेख गर्दै सचेतक खाँडले भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने , गोपनियता नरहने र लिएको शपथविपरीत हुन जाने जिकिर गर्नुभयो ।

प्रमुख सचेतक खाँणले प्रधानमन्त्री बाहिर जाँदा उहाँको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराइसकेको बताउँदै प्रधानमन्त्रीको अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यवहाक तोकिनुको अर्थ के रह्यो भनी प्रश्न समेत गर्नुभयो । बैठकमा प्रमुख सचेतक खाँणले प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट स्वास्थ्य उपचारको क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू