अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

साइबर क्राइम मुद्दामा पत्रकार गिरीलाई सफाइ

बिआरटीनेपाल २०७६ भदौ ८ गते १०:१२ मा प्रकाशित

समाचार लेखेकै कारण साइबर क्राइमको मुद्दा खेपिरहेका पोखराका पत्रकार अर्जुन गिरीलाई अदालतले सफाई दिएको छ। जग्गा कारोबारमा ठगीको समाचार लेखेका ताण्डव न्यूजका सम्पादक गिरीलाई व्यवसायी विपेन्द्रराज बतासले साइबर क्राइमको मुद्दा दायर गरेका थिए ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पत्रकार गिरीलाई सफाइ दिएको हो। ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा २ जनाले जाहेरी दिएपछि गिरीले त्यसैका आधारमा समाचार लेखेका थिए। सोही समाचार लेखेकै आधारमा गत बैशाख २ गते कास्की प्रहरीले पक्राउ गरेर काठमाडौँ पठाएको थियो। बीचमा उनी साधारण तारेखमा छुटेका थिए। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले गिरीलाई सफाई दिएको हो। गिरीको पक्षमा बरिष्ठ अधिवक्ता बोर्ण कार्की र अधिवक्ता भक्तिराम घिमिरेले बहस गरेका थिए।

यस अघि गिरीको पक्षमा अधिवक्ता स्वागत नेपालले पैरवी गरेका थिए । गिरी पक्राउपछि पत्रकार महासंघ केन्द्र तथा देशैभरिका जिल्ला शाखाहरूले रिहाइको माग गर्दै आन्दोलन गरेका थिए । ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डट कमका सम्पादक रहेका गिरीले ढिलै भएपनि सत्यको जित भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू