अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

शहरी विकास कार्यक्रममा अनियमितता गर्नेमाथि कारबाही हुन्छ – सहरी विकासमन्त्री राई

बिआरटीनेपाल २०७६ भदौ ८ गते ९:४९ मा प्रकाशित

शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले सघन शहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहीन काम गर्नेलाई कारवाही गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आईतबारको बैठकमा समिति सदस्यहरुले सघन शहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले त्यस्तो पाइएमा सरकारले कडा कारवाही गर्ने बताउनुभएको हो ।

मन्त्री राईले कार्यक्रमको तत्काल अनुगमन गरी दोषिलाई कारवाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन दिनुभएको छ । उहाँले स्थानीयको अवरोध तथा स्थान अभावका कारण मुलुकका विभिन्न शहरमा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साइट निर्माणको काम रोकिएको स्पष्ट पार्नुभयो । अधिकतम सहमति अनुसार नै मन्त्रालयले कम गरिरहेको भन्दै मन्त्री राईले स्थान उपलब्ध गराएमा निर्माण कार्य तत्काल अघि बढाइने बताउनुभयो ।

समितिले नयाँ शहर निर्माण गर्दै जाने सरकारको नीति अनुसारको कार्यप्रगती अपेक्षाकृत हुन नसकिरहेको अवस्थामा कार्य हुन नसक्नुको अवस्था पहिचान गरि प्राथमिकताको आधारमा प्रभावकारीताका साथमा काम अघि बढाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू